‘फेरी’ निर्माण गरिएसँगै स्थानीयवासी खुशी

५ बर्ष अगाडि

भोजपुर र सङ्खुवासभालाई जोड्ने सतिघाटस्थित अरुण नदीमा ‘फेरी’ निर्माण गरिएसँगै स्थानीयवासी खुशी भएका छन् । 

फेरी निर्माण गरिएसँगै यातयातमा सहजता थपिएको छ ।  सङ्घीय सांसद् क्षेत्र विकास कोषबाट रु ७५ लाख, प्रदेश सांसद क्षेत्र विकास कोषबाट रु ७५ जाख र षडानन्द नगरपालिकाको रु ५५ लाखको लागतमा फेरी निर्माण गरिएको षडानन्द नगरपालिका प्रमुख वीरबल राईले जानकारी दिए ।  

फेरी सञ्चालनको लागि तीन जना अपरेटर राखिएको प्रमुख राईले जानकारी दिए । उक्त अपरेटरको पारिश्रमिक व्यवस्थापनको सहजताका लागि फेरी प्रयोगकर्ताबाट थोरै राजश्व लिने योजना रहेको नगर प्रमुख राईको भनाइ छ ।
 
कुन सवारीबाट कति लिने भन्ने निर्णय भइनसकेको र अबको कार्यपालिकाको बैठकले राजश्व दर तोक्ने राईले जानकारी दिए । फेरीबाट दैनिक करिब २०० बढी सवारीसाधन आवतजावत गर्ने नगरपालिकाले जनाएको छ ।

५ बर्ष अगाडि

प्रतिक्रिया