पुर्वसचिवको श्रीमतीको उपचारका क्रममा मृत्यु

६ बर्ष अगाडि

काठमाडौँ । पूर्वसचिव अर्जुनकुमार कार्कीकी श्रीमती मुना कार्कीको मृत्यु भएको छ । सानेपास्थित स्टार अस्पतालमा उपचारका क्रममा उनको मृत्यु भएको  महानगरीय प्रहरी प्रभाग सानेपाका इन्स्पेक्टर कोशिशवाबु जोशी बताएका छन । 

सोमबार बिहान सानेपास्थित निवासमा रगतले लत्पतिएर अचेत अवस्थामा भेटिएकी उनलाई उपचारका लागि तत्काल स्टार अस्पताल लगिएको थियो ।

अचेत अवस्थामा फेला परेकी उनीसँगै कामदार विजय चौधरी  मृत फेला परेका  थिए । उनले भने आत्महत्या गरेको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान रहेको छ । 

कार्कीका एक छोरा र दुई छोरी रहेका छन् । दुवै छोरी बाहिर रहेका छन् भने १२ वर्षका छोरा स्कूलमा अध्ययनरत छन् ।

 

६ बर्ष अगाडि

प्रतिक्रिया