म्यानको अध्यक्षमा सिइओ श्रेष्ठ निर्वाचित

५ बर्ष अगाडि

काठमाडौं । नेपाल व्यवस्थापन संघ म्यान को अध्यक्षमा राष्ट्रिय बाणिज्य बैंकका कार्यकारी प्रमुख सिईओ किरणकुमार श्रेष्ठ निर्वाचित भएका छन् । संघको ३९औं वार्षिक साधारणसभाले श्रेष्ठलाई नयाँ अध्यक्षमा निर्वाचित गरेको हो ।  श्रेष्ठसँगै संघको उपाध्यक्षमा मिश्र र पोखरेल निर्वाचित भएका छन् । 


म्यानको नयाँ कार्यसमितिमा प्रथम उपाध्यक्षमा राष्ट्र बैंकका कार्यकारी निर्देशक बमबहादुर मिश्र र द्धितिय उपाध्यक्षमा आईएमईका कार्यकारी निर्देशक सुमन पोखरेल निर्वाचित भएको संघका सस्थापक सदस्य तथा मिराकल इन्पेक्सका सिईओ केदार राजभण्डारीले रातोपाटीलाई जानकारी दिए । 


मिश्र संस्थागत सदस्यबाट उपाध्यक्ष निर्वाचित भएका हुन् भने पोखरेल ब्यक्तिगत तर्फबाट संघको सदस्यमा निर्वाचित भएका हुन् । संघको महासचिवमा भने कृषि विकास बैंकका धर्मानन्द अवस्थी निर्वाचित भएका छन् । त्यस्तै, कोषाध्यक्षमा अनु श्रेष्ठ जोशी निर्वाचित भएकी छिन् । 


अध्यक्षमा निर्वाचित श्रेष्ठलाई यसै वर्षको म्यानले आफ्नो ३९औं वार्षिक उत्सवका अवसरमा उत्कृष्ट व्यवस्थापकको रुपमा सम्मान गरेको थियो ।  
 

५ बर्ष अगाडि

प्रतिक्रिया