कामठाडौं – बीमा समितिले ‘बीमकको सुचना मार्गदर्शन, २०७६’ ल्याउने भएको छ । अबको एक हप्ता भित्र नै उक्त मागर्दशन जारी गरिने समितिको भनाइ छ ।
उक्त मस्यौदाको अन्तिम स्वरुप तयार भइसकेको छ । बुधबार हुने समितिको सञ्चालक समितिको बैठकमा उक्त मस्यौदा पेश हुनेछ । समितिले मस्यौदा पारित गरेपछि लागू गरिने बताइएको छ ।
उक्त मस्यौदामा सबै बीमा कम्पनीले छुट्टै छुटै सुचना प्रविधि नीति बनाउनुपर्ने उल्लेख गरिएको छ । त्यो कम्पनीको बोर्डबाट पारित गरेर लागू गर्नुपर्ने छ । त्यहीअनुसार नै कम्पनीले आफ्नो सुचना प्रविधि सम्बन्धी काम गर्नुपर्ने हुन्छ । साथै, कम्पनीले सुचना प्रविधिका पुर्वाधारणहरूलाई गुणस्तर बनाउँदै लैजाउनुपर्ने बताइएको छ ।
यस्तै, कम्पनीले आफ्नो सम्पुर्ण तथ्यांक डेटा सेन्टर (क्लाउड)मा राख्नुपर्ने व्यवस्था पनि गरिएको छ । नेपाल सरकारबाट इजाजत लिएर यही सेवा प्रदान गर्दै आएका कम्पनीको डेटा सेन्टरमा तथ्यांक राख्नुपर्ने छ । नेपाल भन्दा बाहिरको डेटा सेन्टरमा तथ्यांक राख्न नपाइने मस्यौदामा उल्लेख छ । साथै, कम्पनीहरूले आफ्नो वेवसाइटमा वित्तीय विवरणसहितका सार्वजनिक गर्न मिल्ने विवरण राख्नुपर्ने मस्यौदामा उल्लेख छ ।
साथै, कम्पनीहरुले बीमाशुल्क विद्युतिय माध्यमबाट भुक्तानी गर्नुपर्ने व्यवस्था पनि गर्नुपर्ने छ । नेपाल राष्ट्र बैंकबाट इजाजत लिएका इसेवा जस्ता वालेटबाट यस्तो शुल्क भुक्तानी गर्न मिल्ने व्यवस्था गर्नुपर्ने बताइएको छ ।
प्रतिक्रिया