आज नेपाल स्टक एक्सचेन्ज नेप्से परिसूचक कारोबारको दोस्रो घण्टामा १.२९ अंकले उकालो लागेको छ।
कारोबार सुरु भएसगैँ ओरालो यात्रा तय गरेको नेप्से परीसूचक दोस्रो घण्टाको अन्तिम अवस्था सम्म आउदाँ १ अंकको हारहारीमा उकालो लागेको हो ।
आज १३२०.७७ को बिन्दुबाट सुरु भएको कारोबार २ घण्टाको अवधीमा १३२१.१७ को बिन्दुमा बढेको छ । आज ११ बजे १३२०.७७ विन्दुबाट शेयर कारोबार सुरु भएको थियो भने १ बजेसम्म आउँदा त्यो परिसुचक ०.१० प्रतिशतले बढेको छ ।
त्यस्तै, आज अहिलो सम्म कारोबारमा आएका १२ उपसमूह मध्य ५ उपसमुह बढेका छैन ।
अहिले कारोबार भईरहेका १६३ कम्पनीको ८ लाख १२ हजार कित्ता शेयर खरिद विक्री हुदाँ ३४ करोड ७७ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।
प्रतिक्रिया