काठमाडौं – बिभिन्न आरोह अवरोह पार गर्दै बीमा समितिबाट सञ्चालनको अनुमति पाएको महालक्ष्मी लाइफ इन्स्योरेन्सले व्यवसायीक कारोबार सुरु गरेको एक बर्ष पुरा भएको छ । चुक्तापुँजी नपुगेको लगायतका बिभिन्न बहानामा अर्थमन्त्रालय नै कम्पनीलाई इजाजत पत्र नदिने चलखेल गरेको थियो । कम्पनीले अदालतमा रिट नै हालेपछि सरकार इजाजतपत्र दिन बाध्य भएको थियो ।
गत बर्ष पुसमा इजाजपत्र प्राप्त गरेर कम्पनीले २०७५ माघ २७ गतेदेखि व्यवसायीक कारोबार सुरु गरेको थियो । नेपालको बीमा बजारमा सबैभन्दा सानो कम्पनीको रुपमा परिचित महालक्ष्मीले सञ्चालनको छोटो अवधीमा उलेख्य प्रगति गरेको छ ।
नेपालको बीमा बजारमा चालिसौँ र जीवन बीमा कम्पनीहरुमा १९ औँ कम्पनीको रुपमा कारोबार संचालन गरेको महालक्ष्मी लाईफ सबै भन्दा कान्छो बीमा कम्पनी हो । कम्पनीले एक वर्षको छोटो अवधिमा ३८ जिल्लामा ६० वटा शाखारउपशाखा संचालन गरि सकेको छ । त्यसै गरी ६० जिल्लामा अभिकर्ता तालिम संचालन गरी बीमा समितिबाट इजाजत लिएर ७,३२३ अभिकर्ताहरु यस कम्पनीमा कार्यरत रहेका छन ।
कम्पनीले १ वर्षको छोटो अवधिमा महालक्ष्मी डवल सावधिक बीमा, महालक्ष्मी सावधिक आजीवन बीमा, महालक्ष्मी वार्षिक धन फिर्ता बीमा, महालक्ष्मी जीवन हेरचाह बीमा, महालक्ष्मी सावधिक बीमा, महालक्ष्मी सरल बीमा, महालक्ष्मी जीवन सुरक्षा म्यादी बिमा, महालक्ष्मी लगानी फिर्ता म्यादी बिमा र महालक्ष्मी सामूहिक म्यादी जीवन बीमा गरी ९ वटा बीमा पोलिसी प्रचलनमा ल्याईसकेको छ । कारोबार प्रारम्भको १ वर्षको छोटो अवधिमा कुल ५६ करोड बीमा शुल्क संकलन गर्न कम्पनी सफल भएको छ ।
कम्पनीले २०७६ आषाढ मसान्त सम्म रु. ११ करोड १३ लाख र २०७६ पौष मसान्तमा रू. ५ करोड १८ लाख खुद मुनाफा गरेको छ । एक वर्षको कारोबारमा कुल बीमा प्रिमियम आयको तुलनामा कम्पनीको जीवन बीमा कोष ७९ प्रतिशत र बैदेशिक रोजगार पुल दाबी वाहेक कम्पनीको दाबी भुक्तानी शुन्य प्रतिशत रहेको छ । जुन सबै जीवन बीमा कम्पनीहरुमा उत्कृष्ट रहेको छ
कम्पनीले आ.व. २०७६÷७७ को अन्त सम्ममा थप २५ वटा शाखा र उपशाखा संचालन गरी प्रथम बीमा शुल्क संकलनमा अरब क्लवमा पुग्ने लक्ष्य लिएको छ । कम्पनीले १ महिना भित्र शाखा रहीत बीमा पोलिसी जारी गर्ने गरी टेवलेट इन्स्योरेन्सको कार्यक्रम संचालन गर्ने गरी तयारी गरिरहेको अवगत गराउन चाहन्छौं । वार्षिक उत्सबको अवसर पारेर कम्पनीले रु ५० लाख सम्म दाबी भुक्तानी गर्ने गरी घातक रोग पुरक सुविधा योजना संचालनमा ल्याएको कम्पनीको भनाइ छ ।
प्रतिक्रिया