घाटामा गयो सिटी एक्सप्रेस

६ बर्ष अगाडि

सिटी एक्सप्रेस फाइनान्स कम्पनी घाटामा गएको छ । 

चालु आर्थिक बर्षको दोस्रो त्रैमास सम्म आउँदा कम्पनीले ५ लाख रुपैँयाको घाटा ब्यहोरेको हो । खुद नाफा नकमाए पनि कम्पनीकोे वितरण योग्य नाफा भने २९ लाख रुपैयाँ बराबर पुगेको छ ।

समीक्षा अवधीमा कम्पनीले ११ करोड ५५ लाख बराबरको निक्षेप संकलन गरेको छ  भने १४ करोड ८० लाख रुपैँयाको कर्जा ग्राहकहरुमा सञ्चालन  प्रवाह गरेको छ । 

गत आवको यसै अवधीको तुलानामा कम्पनीको निक्षेप र कर्जा दुवैमा गिरावट आएको हो । गत आवको यसै अवधीमा कम्पनीले १३ करोड ९३ लाख रुपैयाँ निक्षेप संकलन गर्दा १८ करोड ८२  लाख  रुपैयाँ बराबरको कर्जा प्रवाह गरेको थियो ।

त्यस्तै, यस अवधीमा कम्पनीको खुद ब्याज आम्दानीमा भने वृद्धी भएको छ । गत आवको यसै अवधीमा  ६० लाख रुपैँयामा सिमित रहेको कम्पनीको ब्याज आम्दानी ५१ लाखले बढे्र १ करोड ११ लाख पुगेको छ।
 

६ बर्ष अगाडि

प्रतिक्रिया