ढुंगाले लागेर  नेकपाका जिल्ला नेताको मृत्यु

६ बर्ष अगाडि

भीरबाट खसेको ढुंगाले लागेर हुम्लामा नेकपाका जिल्ला नेताको मृत्यु भएको छ ।

हुम्लाको सर्केगार्ड गाउँपालिका–६ का टेकबहादुर ऐडीको भीरबाट खसेको ढुंगा लागेर मृत्यु भएको हो । बराई गाउँ नजिकै रहेको मन्दिरमा पूजा गर्ने क्रममा भीरबाट खसेर आएको ढुंगा लागेर उनको मृत्यु भएको जनाएको छ ।

४१ वर्षे ऐडी गाउँ नजिककै माडुमा पूजा गर्ने बेला आएको ढुगा लागेर घटनास्थल मै मृत्यु भएको स्थानीय जनक ऐडीले जानकारी दिए । मृतक ऐडीको टाउको र शरीरमा चोट लागेको थियो ।

मृतक ऐडी नेपाल कम्युनिष्ट पार्टीका जिल्ला कमिटि सदस्य थिए 

६ बर्ष अगाडि

प्रतिक्रिया