लुम्बिनी विकास बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ ।
समीक्षा अवधीमा बैंकको खुद नाफामा झिनो सुधार देखीए पनि प्रतिशेयर आम्दानीमा भने गिरावट आएको छ । बैंकले अघिल्लो आवको यसै अवधीको तुलानामा खुद नाफा १७ लाख ५३ हजार रुपैयाँँले बढाएको हो । गत आवको यसै अवधीमा बैंकले २५ करोड ३ लाख ९४ हजार रुपैयाँ बराबरको खुद नाफा आर्जन गरेकोमा चालु आवको दोस्रो त्रैमासमा २५ करोड २१ लाख ४८ हजार रुपैयाँ बराबरको खुद नाफा आर्जन गरेको छ ।
यस अवधीमा बैंकको खुद ब्याज आम्दानी पनि १६ प्रतिशतले बढे्को छ । गत आवको यसै अवधीमा बैंकको ब्याज आम्दानी ५० करोड १६ लाख रुपैयाँ रहेकोमा समीक्षा अवधीमा बैंकले ८ करोड ३२ लाख रुपैयाँले बढाएर ५८ करोड ४८ लाख रुपैयाँँ खुद ब्याज आम्दानी गरेको छ ।
समीक्षा अवधीमा बैंकको खुद नाफा बढे्सगैँ सञ्चालन मुनाफा पनि बढे्को छ । बैंकले समीक्षा अवधीमा १ करोड ४८ लाख रुपैयाँले सञ्चालन मुनाफा बढाउदै ३६ करोड १६ लाख रुपैयाँ आर्जन गरेको छ ।
चालु आवको दोस्रो त्रैमास सम्ममा बैंकले २३ अर्ब ६३ करोड ९५ करोड रुपैयाँ बराबरको निक्षेप संकलन गरेको छ भने २३ अर्ब १० करोड २९ लाख बराबरको कर्जा प्रवाह गरेको छ । गत आवको यसै अवधीमा बैंकले २१ अर्ब १४ करोड बराबरको निक्षेप संकलन गरेर २१ अर्ब ४९ करोड रुपैयाँ बराबरको कर्जा प्रवाह गरेको थियो ।
यस अवधीमा बैंकको प्रतिशेयर आम्दानीमा भने गिरावट आएको छ । गत आवको यसै अवधीमा २३ रुपैयाँ २ पैसारहेको बैंकको प्रतिशेयर आम्दानी समीक्षा अवधीमा ४ रुपैयाँ ४५ पैसा घटेर १८ रुपैयाँ ५७ पैसामा सीमित भएको छ।
प्रतिक्रिया