आज नेपाल स्टक एक्सचेन्ज नेप्से परिसुचक कारोबारको पहिलो घण्टामा ४.३१ अंकले ओरालो लागेको छ ।
कारोबार सुरु भएसगैँ आरालो यात्रा तय गरेको नेप्से परीसूचक पहिलो घण्टाको अन्तिम अवस्था सम्म आउदाँ ४ अंकको हारहारीमा ओरालो लागेको हो ।
आज १३२०.७७ को बिन्दुबाट सुरु भएको कारोबार १ घण्टाको अवधीमा १३१५.६८ को बिन्दुमा झरेको छ ।
आज ११ बजे १३२०.७७ को विन्दुबाट शेयर कारोबार सुरु भएको थियो भने १२ बजेसम्म आउँदा त्यो परिसुचक ०.३३ प्रतिशतले घटेको छ ।
त्यस्तै, आज अहिलो सम्म कारोबारमा आएका १२ उपसमूह मध्य ३ उपसमुह बढेका छन् ।
अहिले कारोबार भईरहेका १४५ कम्पनीको २ लाख ९१ हजार कित्ता शेयर खरिद विक्री हुदाँ ११ करोड ८२ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।
प्रतिक्रिया