काठमाडौं – नेपाल राष्ट्र बैंकले सोमबार रू. १० अर्ब बराबरको रिपो बोलकबोलबाट बिक्री गर्ने भएको छ । बैंकले एक सूचनामार्फत उक्त परिमाणको रिपो बोलकबोल गर्न लागेको जानकारी दिएको छ ।
सातदिने अवधिका लागि बोलकबोल गर्न लागिएको उक्त रिपोमा ‘क’, ‘ख’ वर्गका बैंक तथा ‘ग’ वर्गको वित्त कम्पनीले भाग लिन पाउने छन् । बैंकले पछिल्ला दिनमा निरन्तररुपमा रिपो र ट्रेजरी बिल बिक्री गर्दै आएको छ ।
बैंकहरूमा तरलता अभाव भएको अवस्थामा निश्चित समयका लागि बैंकहरुलाई रिपो उपकरण प्रयोग गरेर तरलता प्रवाह गर्दछ ।
प्रतिक्रिया