जनरल इन्स्योरेन्सको नाफामा झिनो सुधार, अरु सुचक यस्तो

६ बर्ष अगाडि

काठमाडौं – जनरल इन्स्योरेन्स कम्पनीले चालु आवको दोस्रो त्रैमाससम्म रू. २९ करोड ११ लाख बीमाशुल्क संकलन गरेको छ । कम्पनीले हालै सार्वजनिक गरेको वित्तिय विवरण यस्तो देखाएको हो । 
कम्पनीले गत आवको सो अवधीमा मात्र रू. १० करोड ८२ लाख बीमाशुल्क संकलन गरेको थियो । जसअनुसार कम्पनीको बीमाशुल्क करिब तेब्बर मात्रा बढेको देखिन्छ ।
कम्पनीले अहिलेसम्म २८ हजार ६२७ बीमालेख जारी गरेको छ । कम्पनीले गत आवको सो अवधीसम्म ८ हजार ९८० ओटा बीमाशुल्क संलकन गरेको छ । 
कम्पनीले यस अवधीमा रु. १ करोड ४० लाख नाफा कमाएको छ । गत आवको सो अवधमिा कम्पनीले रु. १ करोड २९ लाख नाफा कमाएको थियो । कम्पनीको नाफा बृद्धिमा झिनो सुधार देखिएको छ ।
कम्पनीले यस अवधीमा ३ करोड आम्दानी गरेको  छ भने खर्च भने १ करोड ५९ लाख भएको देखिन्छ । 
हाल कम्पनीको चुक्तापुँजी रू. ७० करोड रहेको छ । कम्पनीले जगेडा कोषमा रु. ३ करोड ४७ लाख, जीवन बीमा कोषमा रू. ३ करोड ८५ लाख र महाविपत्ती कोषमा रू. ३९ लाख जम्मा गरेको छ । 
कम्पनीले दिर्घकालिन रुपमा रू. १ करोड २ लाख लगानी गरेको छ । यस्तै, अल्पकालिन रुपमा रू. ९० करोड ५५ लाख लगानी गरेको देखिन्छ । 
वित्तिय विवरणअनुसार कम्पनीले व्यवसायीक चुस्त हुँदै गएको देखिन्छ । यो कम्पनी गत बर्ष मात्र सञ्चालनमा आएको हो । 

६ बर्ष अगाडि

प्रतिक्रिया