युनियन लाइफको लोभलाग्दो वित्तिय विवरणः नाफा र बीमाशुल्कमा उल्लेख्य बृद्धि

६ बर्ष अगाडि

काठमाडौं – युनियन लाइफ इन्स्योरेन्स कम्पनीले चालु आवको दोस्रो त्रैमाससम्म रू. २ अर्ब ४१ करोड ७६ लाख बीमाशुल्क संकलन गरेको छ । कम्पनीले हालै सार्वजनिक गरेको वित्तिय विवरण यस्तो देखाएको हो । 
कम्पनीले गत आवको सो अवधीमा मात्र रू. १ अर्ब १० करोड ६३ लाख बीमाशुल्क संकलन गरेको थियो । जसअनुसार कम्पनीको बीमाशुल्क दोब्बर मात्रा बढेको देखिन्छ । 
समग्रमा कम्पनीले अहिले सम्म कुल रु. ६ अर्ब २६ करोड ३३ लाख बीमाशुल्क संकलन गरेको छ । तथ्यांकअनुसार कम्पनीमा यो बर्ष मात्रा ६३ हजार २३० जनाले बीमा गराएका छन् । गत बर्ष ४९ हजार ९२७ जनाले बीमा गराएको तथ्यांकमा उल्लेख छ ।
कम्पनीले यो ६ महिनामा मात्र रू. २२ करोड ३८ लाख ९२ हजार नाफा कमाएको छ । कम्पनीको नाफा पनि उलेख्य मात्रामा बढेको देखिन्छ । गत आवको ६ महिनाा कम्पनीले रू. ६ करोड १६ लाख ८९ हजार नाफा कमाएको थियो ।
हाल कम्पनीको चुक्तापुँजी रू. १ अर्ब ५० करोड रहेको छ । कम्पनीले जगेडा कोषमा रु. ५६ करोड २६ लाख, जीवन बीमा कोषमा रू. ३ अर्ब ३७ करोड ७१ लाख र महाविपत्ती कोषमा रू. ६ करोड २५ लाख २१ हजार रकम जम्मा गरेको छ । 
कम्पनीले दिर्घकालिन रुपमा रू. २ अर्ब २३ करोड ५३ लाख लगानी गरेको छ । यस्तै, अल्पकालिन रुपमा रू. २ अर्ब २५ करोड ११ लगानी गरेको देखिन्छ । कम्पनीले बीमालेख धितो राखेर बिमितलाई रू. ५० करोड ५२ लाख २० हजार कर्जा प्रवाह गरेको छ । 
वित्तिय विवरणअनुसार कम्पनीले व्यवसायीक चुस्त हुँदै गएको देखिन्छ । नयाँ कम्पनीमा सबै भन्दा राम्रो कम्पनीको छवि बनाएको यस कम्पनीले चालु आवमा नाफा र बीमाशुल्क संकलन गरेको छ । 

६ बर्ष अगाडि

प्रतिक्रिया