हरेक वस्तुमा परनिर्भर र कालोबजारीको मार खेप्दै आएका नेपाली उपभोक्ता फेरी अर्को मार खेप्नु परेको छ ‘मास्क अभाव ।’
चीनको उहानबाट फैलिएर विश्वका २५ देशमा फैलिएको कोरोना भाइसरबाट जोगिन मास्क प्रयोग गर्नुपर्ने समयमा छिमेकी मुलुक भारतले मास्क निर्यात रोकेको छ भने नेपाल भित्रकै व्यापारीले कालोबजारी शुरु गरेका छन् ।
कोरोना भाइरस श्वासप्रश्वासको माध्यमबाट सर्ने भएकोले त्यसबाट जोगिन मास्कको प्रयोग गर्नुपर्ने चिकित्सकहरूको सुझाव छ ।
तर भारतले जनवरी ३० तारेखबाट भारतले मास्क निर्यात रोकेपछि नेपालका कालाबजारीयाहरुले मास्कको कृत्रिम अभाव सिर्जना गरेर कालोबजारी शुरु गरेका छन् ।
व्यापारीले पहिलाभन्दा ८ देखि १० गुणा बढी मूल्यमा मास्क बेच्न थालेका छन् ।
हुन त सस्तो खालको मास्क उत्पादन गर्ने उद्योग नेपालमै दुई दर्जनभन्दा बढी छन् । उनीहरुले ७ प्रकारका मास्क उत्पादन गर्दै आएका छन ।
त्यसमाथी अहिले बजारमा मास्कको अभाव हुन नदिन उत्पादन बढाएर दैनिक ४० देखि ५० हजारको हाराहारीमा मास्क उत्पादन गर्न थालिएको छ ।
तर पनि ब्यापारीहरुले यहि मौकामा उपभोक्ता ठग्न मास्क अभाव भएको बताउँछन् । अहिले २० रुपैयाँको एउटा मास्कलाई २ सय रुपैयाँसम्म तिर्नुपर्ने अबस्था आएको उपभोक्ताको गुनासो छ ।
कतिपयले नेपाली बजारबाट मास्क उठाएर चीनतर्फ पठाउन थालेका छन् भने कतिले मास्क सकियो भन्दै लुकाएर चर्को मूल्य असुल्छन् ।
प्रोटेक्टिभ एवं मेडिकल मास्कमात्रै विदेशबाट ल्याउने भएपनि कपडाको साधारण र पेपर मास्क भने नेपालमै उत्पादन हुन्छ। तर ठगहरुले सबैखाले माक्सको अभाव रहेको बताउँछन् ।
विश्वमा नै समस्या देखिएकोले नेपालीको स्वास्थ्यप्रति गम्भिर सुरक्षा अपनाउन ध्यानदिनुपर्ने अबस्थामा कमाउ धन्दामा व्यापारीहरु लागेका छन् ।
व्यापारीहरुले चिनीयाहरुले नेपालबाट मास्क खरिद गरेर विदेश पठाएकोले अभाव भएको भनेका छन् । तर केही नेपाली दलालहरु नै चीनतर्फ मास्क पठाउने धन्दामा नेपालीहरु नै छन् ।
अरु नेपालीको स्वास्थ्यमा समस्या उत्पन्न भयो भने लुकाएर राखेको मास्कले उनीहरुको सुरक्षा गर्ला त ? कालाबजारीले कहिल्यै सोँचेका छन् ?
प्रतिक्रिया