साताको पहिलो कारोबारका दिन आज नेप्से परिसूचक दोहोरो अंकले ओरालो लागेको छ ।
गत साताभरी ८ अंकको हारहारीमा उकालो लागेको परिसूचक आज भने १३.७० अंकले ओरालो लागेको हो । आज १३३३.६९ को बिन्दुबाट शेयर कारोबार सुरु भएको थियो भने १३१९.९९ को बिन्दुमा पुगेर कारोबार बन्द भएको छ ।
त्यस्तै, आज सेन्सेटिभ परिसूचक पनि ३ अंकको हारहारीमा ओरालो लागेको छ ।
आज कारोबारका लागी आएका १७३ कम्पनीको २५ लाख ४ लाख शेयर किनबेच हुदाँ ९५ करोड ५० हजार रुपैयाँ बराबरको कारोबार भएको छ ।
त्यस्तै, आज सबै भन्दा धेरै नेको ईन्सोरेन्सले ३ करोड ८८ लाख बरारबरको कारोबार गरेको छ भने ग्लोबल आइएमइ बैंकले ३ करोड ५३ लाख रुपैयाँँ बराबरको कारोबार गरेको छ ।
प्रतिक्रिया