जनयुद्ध दिवसमा कालिकोट जिल्लाको पलाँता गाउँपालिकाले सार्वजनिक विदा दिने निर्णय गरेको छ।
२५औं जनयुद्ध दिवसको सन्दर्भ पारेर पलाँतामा सार्वजनिक बिदा दिन लागिएको हो। जनयुद्धका सहिदहरुको सम्झनामा गाउँपालिकाले गत वर्षदेखि निरा स्मृति कप सञ्चालन गर्दै आएको छ।
उक्त कपमा गाउँपालिका भित्रका माध्यामिक विद्यालयका बीचमा फूटबल प्रतिस्पर्धा गराईने गरिएको छ। कपमा छात्रा र छात्रहरुका टिमहरुबीच छुट्टाछुट्टै भलिबल प्रतिस्पर्धा गराइने छ।
फागुन एक गतेबाट पलाँता गाउँपालिकाले सार्वजनिक यातायात सञ्चालन गर्दैछ। त्यसैगरी आगलागी पछि पुनर्निर्माण गरिएको खाडाको बस्ती हस्तान्तरण गर्ने कार्यक्रम रहेको छ।
प्रतिक्रिया