काठमाडौं – गुडविल फाइनान्स लिमिटेड (वित्तिय संस्था ) ले चालु आवको दोस्रो त्रैमासमा रु. ६ करोड १ लाख १३ हजार खुद नाफा कमाएको छ । यो गत आवको यसै अवधीको तुलानामा २ करोड ७८ लाख ७१ हजार ले धेरै हो ।
गत आवमा कम्पनीले रु. ३ करोड २२ लाख ४२ हजार खुद नाफा कमाएको थियो । कम्पनीले हालै सार्वजनिक गरेको दोस्रो त्रैमासको वित्तिय विवरणले यस्तो देखाएको हो । यस अवधीमा कम्पनीले गाह्रकहरुबाट रु. ७ अर्ब ९२ करोड ५३ लाख निक्षेप संकलन गरेको छ । गत आवको समिक्षा अवधीमा ६अर्ब २६ करोड ३१ लाख निक्षेप संकलन गरेको दखिन्छ ।
गत आवको यसै अवधीमा बैंक तथा वित्तिय संस्थालाई रू. १८ करोड ४७ लाख ७२ हजार कर्जादिएको मा कम्पनलिे अहिले त्यो बढाएर रू. २४ करोड ४७ लाख ८१ हजार पु¥याएको छ । साथै, ग्राहकहरुलाई रु. ६अर्ब २ करोड ७४ लाखको कर्जा प्रवाह गरेको देखिन्छ । गत आवको सो अवधीमा कमम्पनीले ग्राहकलाई रु. ५ अर्ब १९ करोड १० लाख कर्जा दिएको छ ।
कुल प्रवाहित कर्जाबाट कम्पनीले चालु आवको यसअवधी रु. ११ करोड ५४ लाख १७ हजार खुद व्याज आम्दानी गरेको छ । तर यो गत आवको भन्दा २४ लाख २३ हजार रुपैँयाले कम हो । गत आवमा कम्पनीले रू. ११ करोड ७८ लाख ४१ हजार खुद व्याज कमाएको थियो । खर्च बढेपछि कम्पनीको खुद व्याज आम्दानीमा गिरावाट आएको छ । तर, कम्पनीको कुल व्याज आम्दानी भने गत बर्षको भन्दा बढी छ ।
गत बर्ष कम्पनीले रु. ३८ करोड ९३ लाख कुल व्याज आम्दानी गरकोमा अहिले त्यो बढेर ४९ करोड ७९ लाख पुगेको छ ।
प्रतिक्रिया