आज नेपाल स्टक एक्सचेन्ज नेप्से परिसूचक कारोबारको दोस्रो घण्टामा ७.७८ अंकले आरालो लागेको छ ।
कारोबार सुरु भएसगैँ उकालो यात्रा तय गरेको नेप्से परीसूचक दोस्रो घण्टाको अन्तिम अवस्था सम्म आउदाँ ७ अंकको हारहारीमा ओरालो लागेको हो ।
आज १३३२.९१ को बिन्दुबाट सुरु भएको कारोबार २ घण्टाको अवधीमा १३२५.५१को बिन्दुमा झरेको छ । आज ११ बजे को १३३२.९१ विन्दुबाट शेयर कारोबार सुरु भएको थियो भने १ बजेसम्म आउँदा त्यो परिसुचक ०.५८ प्रतिशतले घटेको छ ।
त्यस्तै, आज अहिलो सम्म कारोबारमा आएका १२ उपसमूह मध्य कुनैउपसमुह बढेका छैनन ।
अहिले कारोबार भईरहेका १६१ कम्पनीको १० लाख २० हजार कित्ता शेयर खरिद विक्री हुदाँ ३५ करोड ६२ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।
प्रतिक्रिया