सबैभन्दा ठुलो बैंकको नाफा कति ? यस्तो आयो ग्लोबल आईएमई बैंकको वित्तिय विवरण

६ बर्ष अगाडि

काठमाडौं –  जनता बैंकलाई मर्ज गरेर नेपालको सबैभन्दा ठुलो बनेको ग्लोबल आईएमई बैंकले चालु आवको दोस्रो त्रैमासमा रु. १ अर्ब ६८ करोड ५९ लाख खुद नाफा कमाएको छ । गत आवको उक्त बैंकले रु. १ अर्ब २२ करोड ९३ लाख खुद नाफा कमाएको थियो ।
बैंकले आइतबार सार्वजनिक गरेको दोस्रो त्रैमासको वित्तिय विवरणले यस्तो देखाएको हो । बैंक वितरणयोग्य नाफा भने रु. १ अर्ब २० करोड ८५ लाख रहेको छ ।
यस्तै, बैंकको निक्षेप संकलन रु. १ खर्ब ९७ अर्ब ८८ करोड ९० लाख पुगेको छ । गत आवको सो अवधीमा बैंकले रू. १ खर्ब ९७ अर्ब ४१ करोड १३  लाख निक्षेप संकलन गरेको थियो । 
यस्तै, बैंकले हालसम्म ग्राहकहरूलाई रू. १ खर्ब ९४ अर्ब ५६ करोड ७६ लाख कर्जा दिएको छ । गत आवको सो अवधीमा बैंकले रू. १ खर्ब ९० अर्ब ५२ करोड ६५ लाख कर्जा प्रवाह गरेको थियो । बैंकले बैंक तथा वित्तिय संस्थालाई  भने रू. ३ अर्ब ५० करोड ८८ लाख कर्जा दिएको छ । 
बैंकले कुल प्रवाहित कर्जाबाट रू. ८ अर्ब ६३ करोड १५ लाख कुल व्याज आम्दानी गरेको छ । मर्ज पछि बैंकको चुक्तापुँजी रु. १८ अर्ब ९७ करोड ५८ लाख पुगेको छ । 
बैंकको प्रति शेयर आम्दानी २२.५३ रहेको छ । मुल्य आम्दानी अनुपातः १३.१०, तरलता अनुपात २०.०८ प्रतिशत, प्रतिशेयर नेटवर्थः रु. १४५.२३ रहेको बैंकको भनाइ छ । यस्तै, प्रति शेयर कुल सम्पत्तिको मुल्य रु. १३८१.१७ रहेको छ । 

६ बर्ष अगाडि

प्रतिक्रिया