काठमाडौं । साधारण शेयर बिक्रीको तयारीमा रहेको अर्को इन्स्योरेन्स कम्पनीले पनि कमजोर रेटिङ पाएको छ ।
अजोड इन्स्योरेन्सले कमजोर रेटिंङ पाएको हो । केयर रेटिंङस नेपालले कम्पनीको आईपिओलाई ग्रेड ४ को रेटिंङ दिएको हो । ग्रेड ४ ले कम्पनीको अवस्था औसत भन्दा कमजोर रहेको जनाउँछ ।
इन्स्योरेन्सले रु ३० करोड बराबरको ३० लाख कित्ता शेयर निष्काशन गर्न लागेको हो । शेयर निष्काशनको लागि एनआईबिएल एस क्यापिटल बिक्रि प्रबन्धक रहेको छ । इन्स्योरेन्सको अधिकृत पूँजी रु १ अर्व, जारी पूँजी रु १ अर्व र चुक्ता पूँजी रु ७० करोड रहेको छ । सर्वसाधारणहरुलाई शेयर निष्काशन गरी बाँडफाँट गरे पश्चात कम्पनीको चुक्ता पूँजी रु १ अर्व हुनेछ ।
प्रतिक्रिया