सन नेपाल लाइफले पायो कमजोर रेटिङ, आइपिओ आउँदै

६ बर्ष अगाडि

काठमाडौं । साधारण शेयर (आईपिओ) बिक्रीको तयारीमा रहेकोसन नेपाल लाइफ इन्स्योरेन्सले कमजोर रेटिंङ पाएको छ । केयर रेटिंङस नेपालले कम्पनीको आईपिओलाई ग्रेड ४ को रेटिंङ दिएको हो ।

ग्रेड ४ ले कम्पनीको अवस्था औसत भन्दा कमजोर रहेको बताउछ ।  रेटिंङ  कम्पनीले  ग्रेड १ देखि ५ सम्मको ग्रेडिंग प्रदान गर्ने गरेको छ । जसमा ग्रेड १ ले बलियो आधार जनाउँछ भने ग्रेड ५ ले सबैभन्दा कमजोर आधार जनाउँछ ।

कम्पनीले रु ६० करोड बराबरको ६० लाख कित्ता आईपिओ निष्काशन गर्ने तयारी गरेको हो । हाल कम्पनीको चुक्ता पुंजी रु १ अर्ब ४० करोड रहेकोमा आईपिओ निष्काशनपछि चुक्ता पुजी रु २ अर्ब पुग्ने छ  ।
 

६ बर्ष अगाडि

प्रतिक्रिया