एनसीसी बैंकमा पैसा राख्न छोडे ग्राहकः निक्षेपमा गिरावट

६ बर्ष अगाडि

काठमाडौं – एनसीसी बैंकले चालु आवको दोस्रो त्रैमासमा रू. ७५ करोड ६३ लाख ४८ हजार खुद नाफा कमाएको छ । बैंकले हालै सार्वजनिक गरेको दोस्रो त्रैमासको वित्तिय विवरणले यस्तो देखाएको हो ।
वित्तिय विवरणअनुसार बैंकले गत आवको सो अवधीमा रू. ७३ करोड ९८ लाख ५० हजार खुद नाफा कमाएको थियो । बैंकको बितरण योग्य नाफा पनि रू. ५२ करोड ५२ लाख ६० हजार रहेको छ । 
यस्तै, बैंकले हालसम्म रू. ६३ अर्ब ६१ करोड ७३ लाख निक्षेप संकलन गरेको छ । गत आवको सो अवधीमा बैंकले रू. ६५ अर्ब ९७ करोड ९७ लाख ९९ हजार निक्षेप संकलन गरेको थियो । समिक्षा अवधीमा बैंकको निक्षेप घटेको देखिन्छ । जसअनुसार ग्राहकले एनसीसी बैंकमा पैसा राख्न छोडेको पुष्टी हुन्छ । 
यस्तै, बैंकले हालसम्म ग्राहकहरुलाई रू. ६४ अर्ब ८९ करोड ५८ लाख ५८ हजार कर्जा प्रवाह गरेको छ । गत आवको सो अवधीमा बैंकले रू. ६० अर्ब ८५ करोड ९ लाख कर्जा प्रवाह गरेको थियो । हालसम्म बैंकले बैंक तथा वित्तिय संस्थालाई रू. २ अर्ब ५२ करोड १९ लाख कर्जा प्रवाह गरेको छ ।

बैंकले कुल प्रवाहित कर्जाबाट रू. ४ अर्ब ३३ करोड ६६ लाख कुल व्याज आम्दानी गरेको छ । हाल बैंकको चुक्तापुँजी रू. ८ अर्ब १३ करोड ३८ रहेको छ । 

६ बर्ष अगाडि

प्रतिक्रिया