काठमाडौं – एनएमबी बैंकले चालु आवको दोस्रो त्रैमासमा रू. १ अर्ब ६६ करोड ३१ लाख खुद नाफा कमाएको छ । बैंकले हालै सार्वजनिक गरेको दोस्रो त्रैमासको वित्तिय विवरणले यस्तो देखाएको हो ।
वित्तिय विवरणअनुसार बैंकले गत आवको सो अवधीमा रू. १ अर्ब ८ करोड ६८ लाख खुद नाफा कमाएको थियो । बैंकको बितरण योग्य नाफा पनि रू. १ अर्ब ११ करोड ६५ लाख रहेको ।
यस्तै, बैंकले हालसम्म रू. १ खर्ब २६ अर्ब ४२ करोड ९० लाख निक्षेप संकलन गरेको छ । गत आवको सो अवधीमा बैंकले रू. ९७ अर्ब ८९ करोड २३ लाख निक्षेप संकलन गरेको थियो ।
यस्तै, बैंकले हालसम्म ग्राहकहरुलाई रू. १ खर्ब १३ अर्ब ६३ करोड ७० लाख कर्जा प्रवाह गरेको छ । गत आवको सो अवधीमा बैंकले रू. ८८ अर्ब ४८ करोड ५० लाख कर्जा प्रवाह गरेको थियो । हालसम्म बैंकले बैंक तथा वित्तिय संस्थालाई रू. ५ अर्ब २० करोड ८९ लाख कर्जा प्रवाह गरेको छ ।
बैंकले कुल प्रवाहित कर्जाबाट रू. ७ अर्ब १ करोड ३० लाख कुल व्याज आम्दानी गरेको छ । हाल बैंकको चुक्तापुँजी रू. ११ अर्ब ५२ करोड ९७ रहेको छ । गत आवको सो अवधीमा बैंकको चुक्तापुँजी ९ अर्ब ६१ करोड रुपैयाँ थियो ।
वित्तिय विवरणअनुसार बैंकको अधिकांश वित्तिय सुचक राम्रो हुँदै गएको देखिन्छ । गत आवमा सबैभन्दा उच्च लाभांश दिने मध्ये कै एक बैंक रहेको एनएमबी बैंकले अहिले पनि व्यवसायीक गतिविध अत्यन्तै चुस्त बनाउँदै लगेको देखिन्छ । ।
बैंकको प्रति शेयर नेटवर्थ १८८.५५, तरलता अनुपात २४.१९, पि ई रेसियो ११.८१ रहेको छ । तर, बैंकको निष्क्रिय कर्जा भने बढेको छ । गत आव ०.७६ प्रतिशत मात्र रहेको निष्क्रिय कर्जा अहिले १.९६ प्रतिशत पुगेको छ ।
प्रतिक्रिया