चट्याङ लागेर दाङमा तीन जनाको मृत्यु

६ बर्ष अगाडि

दाङमा चट्याङ लागेर दुई बालबालिका सहित तिन जनाको मृत्यु भएको छ ।

आज शनिवार दिउँसो परेको चट्याङ लागेर तुलसीपुर ७  जितपुर निवासी ५१ वर्षिया लक्ष्मी आचार्य र सोहि ठाउँ बस्ने ६ वर्षिया बालिका श्रृष्टी चौधरीको मृत्यु भएको  जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

 चट्याङ लागेर गम्भिर घाईते भएका दुवै जनाको राप्ती लाईफ केयर हस्पिटल तुलसीपुरमा उपचारको क्रममा निधन भएको प्रहरीले बताएको छ । 

यस्तै उता घोराही उपमहानगरपालिका वडा नम्वर ११ हापुर बस्ने सुर्य बहादुर पुरीका ८ वर्षिय छोरा तारा बहादुर पुरीको चट्याङ लागेर मृत्यु भएको  जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

६ बर्ष अगाडि

प्रतिक्रिया