श्रीएयरलाइन्सले शुरु ग¥यो काठमाडौं–पोखरा उडान

६ बर्ष अगाडि

काठमाडौं । श्री एयरलाइन्सले शुक्रबारबाट काठमाडौं–पोखरा उडान शुरु गरेको छ ।  ८० सिट क्षमताको ड्यास एट क्यु ४०० जहाजबाट उडान सुरु गरेको एयरलाइन्सले जनाएको छ । 

श्री एयरलाइन्सका कर्पोरेट प्रबन्धक अनिल मानन्धरले काठमाडौं–पोखरा–काठमाडौं दैनिक २ वटा उडान गर्ने र मागअनुसार ५ वटासम्म उडान गर्ने योजना रहको बताए । 

पोखरा पर्यटकीय क्षेत्र भएको र पर्यटन वर्ष २०२० लाई लक्षित गरी पोखरा उडान सुरु गरेको उनले बताए । 

उनले केही दिनका लागि काठमाडौंदेखि पोखरासम्मको भाडा २ हजार रुपैयाँ र पोखरादेखि काठमाडौंको भाडा २ हजार ६ सय रुपैयाँ तोकिएको बताए ।
 

६ बर्ष अगाडि

प्रतिक्रिया