नेपालले चीनलाई १ लाख थान मास्क पठायो

५ बर्ष अगाडि

नोवल कोरोना भाइरससँग जुधिरहेको चीनलाई नेपाल सरकारले १ लाख थान प्रोटेक्टिभ मास्क सहयोग गरेको छ । 

सरकारको निर्णयअनुसार शुक्रबार परराष्ट्रमन्त्री प्रदिप ज्ञवाली र स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले चिनियाँ राजदूत होउ यान्छीलाई मास्क हस्तान्तरण गरेका हुन् । 


चीनमा नोवल कोरोना भाइरसको संक्रमणबाट जोगाउने मास्कको अत्याधिक माग भएपछि नेपाल सरकारले मास्क सहयोग गर्ने निर्णय गरेको थियो ।

 परराष्ट्र मन्त्रालयमा आयोजित सहयोग सामाग्री हस्तान्तरण कार्यक्रममा नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले कोरोना भाइरसको संक्रमणमा नेपाल लगायत अन्तर्राष्ट्रिय समुदायबाट प्राप्त सहयोग र एकता चीनका लागि महत्वपूर्ण भएको बताइन् । 

उनले यसबाट चिनियाँ नागरिक र नेतृत्वलाई थप उर्जा मिलेको समेत बताए ।

बिहीबार प्रधानमन्त्री, उपप्रधानमन्त्री, मन्त्री, सचिवहरु लगायत सुरक्षा निकायका प्रमुखसहितको बैठकले नोवल कोरोना भाइरसँग जुधिरहेको चीनलाई १ लाखको संख्यामा प्रोटेक्टिभ मास्क सहयोग गर्ने निर्णय गरेको थियो । 

५ बर्ष अगाडि

प्रतिक्रिया