काठमाडौं – भारत र चीनको आर्थिक बृद्धिदर भन्दा नेपालको आर्थिक बृद्धिदर उच्च देखिएको छ । अन्तरराष्ट्रि मुद्रो कोषको तथ्यांकअनुसार २०१९ मा नेपालको आर्थिक बृद्धिदर उच्च देखिएको छ ।
सन् २०१९ मा भारत र चिनको आर्थिक बृद्धिदर ६.१ प्रतिशत रहेको छ । तर, नेपालको आर्थिक बृद्धिदर ७.१ प्रतिशत रहेको छ ।
सन् २०१८ मा भारतको आर्थिक बृद्धिदर उच्च थियो । सन् २०१८ भारतको आर्थिक बृचिदर ६.८ रहेको थियो । सो बर्ष नेपालको आर्थिक बृद्धिदर ६.७ र चीनको आर्थिक बृद्धिदर ६.६ प्रतिशत थियो ।
समग्रमा २०१९ मा विश्वको आर्थिक बृद्धिदर भने घटको छ । २०१९ मा विश्वको आर्थिक बृद्धिदर ३ प्रतिशत मात्रा रहेको छ । २०१८ मा विश्वको आर्थिक बृद्धिदर ३.६ प्रतिशत थियो ।
अमेरिका र चीन बीच कामय व्यापार यद्ध, अमेरिका र इरान बीचको तनाव लगायतका कारण धेरै देशका आर्थिक गतिविधिमा नकरात्मक असर गरेको छ । फलस्वरुप विश्वको आर्थिक बृद्धिदर घटेको देखिन्छ ।
कुन बर्ष कुन देशको कति आर्थिक बृद्धिदर
प्रतिक्रिया