महालक्ष्मी विकास बैंकको नयाँ व्याजदर घोषणाः घर कर्जामा कति व्याज ?

६ बर्ष अगाडि

काठमाडौं – महालक्ष्मी बिकास बैँकले कर्जा तथा निक्षेपको लागि नयाँ ब्याजदर घोषणा गरेको छ । शुक्रबार एक सुचना जारी गर्दै  बैँकले आजदेखी लागू हुने गरी नयाँ ब्याजदर घोषणा गरेको हो । 

नयाँ ब्याजदर अनुसार बैँकले बिभिन्न बचत खातहरुमा ३ प्रतिशत देखी ७ प्रतिशत सम्म ब्याज दिने छ । त्यसमध्ये महालक्ष्मी डलर बचत खातामा ३ प्रतिशत तथा महालक्ष्मी सुनौलो बचतमा र महालक्ष्मी कर्मचारी बचत खातामा ७ प्रतिशत ब्याज दिने बैँकको भनाइ छ । यस बाहेक अन्य बचत खातामा ६.५० ब्याजदर निर्धारण गरिएको छ । 

यस्तै, कल डिपोजिटमा ६.५० ब्याज दिने उल्लेख गरिएको छ । यसगरी कुनै पनि मुद्दति खातामा (संस्थागत र व्यक्तिगत) १० प्रतिशत ब्याज दिने बैँकको भनाइ छ । 

यस्तै, कर्जतर्फ १३.२३ देखि १६.२३ सम्म ब्याज लिने बैँकले बताएको छ । हाल बैँकको आधार दर ११.२३ प्रतिशत रहेको छ । बैँकले कर्जाको प्रकार अनुसार आधारदरमा २ देखी ५ प्रतिशत सम्म प्रिमियम जोडेर ब्याजदर निर्धारण गरेको हो । बैंकले गाडी र घर कर्जामा १६.२३ प्रतिशत व्याजदर निर्धारण गरेको छ ।
 

६ बर्ष अगाडि

प्रतिक्रिया