यस साता धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक केही अकंले उकालो लागेको छ ।
अघिल्लो साता दाहोरो अकंले ओरालो लागेको नेप्से यो साता भने ८.३१ ले उकालो लागेको छ ।
साताको पहिलो दिन आईतबार १३२५.५८ को बिन्दुबाट सुरु भएको शेयर कारोबार विहिबार सम्म आउदाँ १३३३.६९ बिन्दुमा पुगेर बन्द भएको छ ।
नेप्से परिसूचक उकालो लागे पनि यस साता कारोबार रकम भने आरालो लागेको छ ।
अघिल्लो साता ८ अर्ब ५४ करोड बराबरको कारोबार भएकोमा यस साता भने ७ अर्ब ३९ करोड बराबरको कारोबार भएको छ ।
नेप्सेका अनुसार यस साता १८३ कम्पनीको २ करोड ११ लाख कित्ता शेयर खरिद बिक्री भएको थियो ।
त्यस्तै यस साता औसतमा १ अर्ब ४७ करोड बराबरको कारोबार भएको छ ।
प्रतिक्रिया