काठमाडौं – युनाइटेड इन्स्योरेन्स कम्पनीले चालु आवको दोस्रो त्रैमासमा रू. ३५ करोड ६८ लाख ४६ हजार बीमाशुल्क संकलन गरेको छ । कम्पनीले शुक्रबार सार्वजनिक गरेको दोस्रो त्रैमासको वित्तिय विवरणले यस्तो देखाएको हो ।
कम्पनीले गत आवको सो अवधीमा रू. २३ करोड २४ लाख ४६ हजार बीमाशल्क संकलन गरेको थियो । यस्तै, कम्पनीले हालसम्म ५० हजार ९०० बीमालेख जारी गरेको छ । गत आवको समिक्षा अवधीमा कम्पनीले २६ हजार ६१२ वटा बीमालेख जारी गरेको थियो ।
यस्तै, कम्पनीले समिक्षा अवधीमा रू. २ करोड २ लाख ५९ हजार खुद नाफा कमाएको छ । कम्पनीले गत आवको समिक्षा अवधीमा रू. १ करोड ७४ लाख ५ हजार खुद नाफा कमाएको थियो ।
हाल कम्पनीको चुक्तापुँजी रू. १ अर्ब २ करोड रहेको छ । यस्तै, कम्पनीले जगेडा कोषमा रू. १० करोड ३२ लाख ९२, बीमा कोष रू. ३३ करोड ६२ लाख ६५ हजारर महाविपत्ती कोषमा रू. ६९ लाख १४ हजार पैसा जम्मा गरेको छ ।
कम्पनीले दिर्घकालिन रुपमा रू. २१ करोड ७ लाख ८१ हजार लगानी गरेको छ । यस्तै, अल्पकालिन रुपमा रू. १ अर्ब २४ करोड ९५ लाख लगानी गरेको कम्पनीको तथ्यांकमा देखिन्छ ।
कम्पनीको प्रति शेयर आम्दानी ३.९४, मुल्य आम्दानी अनुपात ८८.५५, प्रति शेयर नेटवर्थ १४३.४३, प्रति शेयर कुल समपत्तिको मुल्य २१८.९० रहेको छ ।
दावी सम्बन्धी विविध मुद्दामा मुछिएको युनाइटेड इन्स्योरेन्सको केही बर्ष अघिका वित्तिय परिसुचक नकरात्मक थिए । बीचमा यो कम्पनीले घाटामा समेत बेहोर्नु परेको थियो । तर, अहिले कम्पनीको व्यवसायी प्रगति अत्यन्त राम्रो हुदै गएको देखिन्छ ।
प्रतिक्रिया