काठमाडौं – नेपालको सबैभन्दा कान्छो बीमा कम्पनी महालक्ष्मी लाइफ इन्स्योरेन्सले चालु आवको दोस्रो त्रैमाससम्म रू. २८ करोड ७२ लाख ३१ हजार कुल बीमाशुल्क संकलन गरेको छ । कम्पनीले हालै सार्वजनिक गरेको दोस्रो त्रैमासको वित्तिय विवरणले यस्तो देखाएको हो ।
वित्तिय विवरणअनुसार कम्पनीले चालु आवको पहिलो त्रैमासमा रू. १० करोड ५८ लाख ६८ हजार कुल बीमाशुल्क संकलन गरेको थियो । समग्रमा कम्पनीले हालसम्म कुल ५३ करोड ५५ लाख २१ हजार कुल बीमाशुल्क संकलन गरेको छ ।
यो कम्पनी गत बर्ष माघ २८ गतेदेखि सञ्चालनमा आएको थियो । हालसम्म आउँदा कम्पनीले ६ हजार ७६९ बीमालेख कायम गरेको छ ।
यस्तै, कम्पनीले समिक्षा अवधीमा रू. ५ करोड १८ लाख ७ हजार खुद नाफा कमाएको छ । कम्पनीले पहिलो त्रैमासमा रु. २ करोड १४ लाख ६० हजार नाफा कमाएको देखिन्छ । समिक्षा अवधीमा कम्पनीको आम्दानी रू. ७ करोड २६ लाख ४२ हजार गरेको छ । त्यसमा २ करोड ८ लाख ३४ हजार व्यवस्थापन खर्च भएको छ ।
हाल कम्पनीको चुक्तापुँजी १ अर्ब ४० करोड रहेको छ । कम्पनीले जगेडा कोषमा रु. ५ करोड ७६ लाख ७ हजार, जीवन बीमा कोषमा ४२ करोड ३४ लाख १३ हजार र महविपत्ती ६४ लाख रकम जम्मा गरेको छ ।
प्रतिक्रिया