कालिका लघुवित्त संस्थाले चालु आवको दास्रो त्रैमासको वित्तीय विवरण सार्वजनीक गरेको छ ।
यस अवधीमा कम्पनीको खुद नाफामा ४४.९१ प्रतिशत गिरावट आएको छ ।
गत आवको यसै अवधीमा कम्पनीले ४९ लाख बराबरको नाफा आर्जन गरेकोमा समीक्षा अवधीमा २७ लाख बराबरको खुद नाफा आर्जन गरेको छ । खुद नाफामा गिरावट आए पनि कम्पनीको खुद ब्याज आम्दानी भने सुधार देखएिको छ । चालु आवको दोस्रो त्रैमासमा कम्पनीले खुद ब्याज आम्दानी २ करोड १३ लाखले बढाएको छ ।
गत आवको यसै अवधीमा कम्पनीले ६ करोड बराबरको ब्याज आम्दानी गरेकोमा समीक्षा अवधीमा ८ करोड बराबरको आम्दानी गरेको छ । त्यस्तै, कम्पनीले समीक्षा अवधीमा एक अर्ब एक करोड ९७ लाख रुपैयाँ बराबरको निक्षेप संकलन गरेको छ भने २ अर्ब ४८ करोड रुपैयाँ बराबरको कर्जा प्रभाव गरेको छ ।
यस अवधीमा कम्पनीको खराब कर्जा अनुपात पनि बढे्को छ । समक्षिा अवधीमा कम्पनीको खराब कर्जा १.५९ प्रतिशतबाट बढेर ३.०१ प्रतिशत पुगेको छ ।
प्रतिक्रिया