फेरी बढ्यो सुनचाँदीको मुल्य

६ बर्ष अगाडि

काठमाडौं – साताको अन्तिम दिन शुक्रबार सुनचाँदीको मुल्य बढेको छ । केही दिन घट्दो क्रममा रहेको सुनचाँदीको मुल्य फेरी बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार सुनको मुल्य तोला रू. ४०० ले बढेको छ भने चाँदीको १० रूपैयाँले बढेको छ ।
महासंघकाअनुसार आज सुनको मुल्य प्रतितोला रु. ७५ हजार ६०० रहेको छ । हिजो सुनको मुल्य रू. ७५ हजार २०० रहेको थियो । यसैगरि तेजावी सुनको मुल्य भने रू. ७५ हजार ३०० कायम गरिएको छ । 
यस्तै, चाँदीको मुल्य ८८५ रुपैयाँ तोकिएको छ । हिजा चाँदीको मुल्य प्रतितोला ८७५ रहेको थियो । 
 

६ बर्ष अगाडि

प्रतिक्रिया