कञ्चनपुर घटनामा राजनीति नगर्न नेता रावलको चेतावनी

७ बर्ष अगाडि

काठमाडौं–सत्तारुढ  दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता भीम रावलले कञ्चनपुर घटनालाई लिएर आफूसहित पार्टीका सांसदहरुमाथि प्रहार गर्ने काम भइरहेको भन्दै त्यस्तो कार्य बन्द गर्न चेतावनी दिएका छन् । 

नेता रावलले कञ्चनपुर घटनाका दोषीमाथि कडा कार्वाही गर्न पनि सरकारसँग पुनः माग गरे । 
प्रतिनिधिसभाको आईतबारको बैठकमा विेशष समय लिएर बोल्दै उनले आफूलगायत पार्टीका त्यस क्षेत्रका २३ जना सांसदहरुले बालिका निर्मला पन्तको हत्यारालाई छानबिन गरी कार्वाही गर्न सरकारलाई दवाव दिँदै आएको पनि स्मरण गराए । 

नेता रावलले घटनालाई राजनीतिकरण गरेर अपराधिलाई लुकाउने पापकर्ममा कोही पनि लाग्न नहुने पनि सचेत गराए । 
उनले  मुलुकलाई विधिको शासनतर्फ उन्मुख गराउन आफूहरु प्रतिवद्ध रहेको पनि बताए । 
नेता रावलले कञ्चनपुरमा बालिका पन्तको हत्यारालाई कार्वाही गर्न माग गर्दै भएको आन्दोलनमा घाइते भएकाहरुलाई तत्काल उपचारको व्यवस्था गर्न पनि सरकारको गम्भिर ध्यानाकर्षण गराए ।

७ बर्ष अगाडि

प्रतिक्रिया