नेपाल इन्भेष्टमेन्ट बैंकलाई झड्का, नाफासगैँ घट्यो ब्याज आम्दानी

६ बर्ष अगाडि

नेपाल इन्भेष्टमेन्ट बैंकले चालु आवको दास्रो त्रैमासको वित्तीय विवरण प्रकाशित गरेको छ ।

यस अवधीमा बैंकले खुद नाफासगैँ खुद ब्याज आम्दानी पनि घटाएको छ । गत आवको सोही अवधीको तुलानामा बैंककोे खुद नाफामा ३० करोड ९४ लाख रुपैयाँ बराबरको गिरावट आएको हो । 

समीक्षा अवधीमा बैंकले १ अर्ब ६६ करोड बराबरको नाफा आर्जन गरेको छ भने गत आवको यसै अवधीमा बैंकले १ अर्ब ९७ करोड रुपैयाँ बराबरको नाफा आर्जन गरेको थियो ।

त्यस्तै, यस अवधीमा बैंकको खुद ब्याज आम्दानी पनि घट्न पुगेको छ । बैंकको खुद ब्याज आम्दानी अघिल्लो वर्षको यसै अवधीको तुलानामा २४ करोड ९८ लाखले घटेको हो । समीक्षा अवधीमा बैंकले ३ अर्ब ६ करोड ३३ लाख रुपैयाँ बराबरको ब्याज आम्दानी गरेको छ ।
 
त्यस्तै, यस अवधीमा बैंकको सञ्चालन मुनाफामा पनि ४६ करोड बराबरको गिरावट आएको छ । समक्षिा अवधीमा बैंकले २ अर्ब ३८ करोड बराबरको सञ्चालन मुनाफामा आर्जन गरेको छ । 

बैंकले यस अवधीमा १ खर्ब ४९ अर्ब ९५ करोड रुपैयाँ बराबरको निक्षेप संकलन गरेको छ भने १ खर्ब खर्ब ३२ अर्ब ६० करोड बराबरको कर्जा परिचालन गरेको छ । 

समीक्षा अवधीमा बैंकको प्रतिशेयर आम्दानीमा पनि गिरावट आएको छ । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा बैंकको प्रतिशेयर आम्दानीमा १० रुपैयाँ ५६ पैसाको गिरावट आएको हो ।

समीक्षा अवधीमा बैंकको प्रतिशेयर आम्दानी २३ रुपैयाँ ४३ पैसा कायम भएको छ।


 

६ बर्ष अगाडि

प्रतिक्रिया