सरकारले हवाई टिकट सस्तोमा बेच्न नपाउने नीति ल्याउन लागेको प्रति साझा पार्टीका प्रवक्ता डा. सूर्यराज आचार्यले आलोचना गरेका छन्।
उनले नागरिक उड्ययन प्राधिकरणले कार्टेलिङलाई प्रोत्साहन गर्ने नीति बनाउन लागेको आलोचना गरे ।
सरकारले राष्ट्रिय हवाई नीति २०७६ मा आन्तरिक वायुसेवा कम्पनीहरुलाई न्यूनतम भाडादरको सिलिङ तोक्ने गरि मस्यौदा तयार गरेको छ ।
उक्त मस्यौदा अनुसार विमान कम्पनीहरुले तोकिएको भन्दा कम मूल्यमा टिकट बेचेमा कारबाही भोग्नुपर्ने छ ।
साझा पार्टीका प्रवक्ता आचार्यले यस्तो नीति ल्याउने नेपालको नीति निर्माण तहमा आधारभूत साक्षरताको कमी भएको प्रतिकृया दिए ।
‘हाम्रो नीति निर्माणका तहमा हवाईसेवा नियमनको आधारभुत साक्षरताको कमी भएको हो कि, नत्र यस्तो कार्टेलिङलाई प्रोत्साहन गर्ने सरकारी नीति कसरी ?’ उनले प्रश्न गरेका छन् ‘कि जसलाई नियमन गर्नु पर्ने हो, उनैले नियमनको नीति पनि बनाईदिए ?’
प्रतिक्रिया