अनावस्यक सूचना प्रकाशन गरेर भुक्तानीका लागि विल पेश गर्नेहरुका कारण गुल्मीका स्थानीय तह हैरान भएका छन् ।
प्रकाशन तथा प्रशारणका लागि अनुमति नै नलिई सूचना तथा विज्ञापन छाप्ने र एकैपटक चर्को रकमको बिलल पेश गर्नेहरुका कारण स्थानीय तह हैरान भएका हुन् ।
बिल पेश गर्नेहरुमा पत्रकार र विभिन्न संघ संस्थाहरु समेत संलग्न भएको उनीहरुको भनाई छ । ‘संघ संस्थाले निकाल्ने भित्तेपात्रो, मुखपत्र तथा पत्रकारहरुले सञ्चारमाध्यममा समेत अनुमतिबिना नै सूचनाहरु राख्ने र चर्को बिल पेश गछर्न’, पश्चिम गुल्मीको एक गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत भन्छन् ‘विल अनुसारको भुक्तानी नगर्नु चेतावनीको भाषा प्रयोग गर्छन, भुक्तानी गरौँ अनावस्यक खर्च मात्र हो ।’
आधिकारीक रुपमा दर्ता नै नगरी चलेको मिडियाले चर्को रकमको बार्गेनिङ्ग गर्ने गरेको कर्मचारीहरुको भनाई छ । दर्ता नभएका पत्रिका तथा टेलिभिजनले समेत सबै स्थानीय तहका सूचना प्रकाशन प्रशारण गरेको भन्दै संस्थागत रुपमै बार्गेनिङ्ग गरेको भेटिएको छ ।
‘हामी आधिकारीक संस्थाको मान्छेले चलाएको मिडिया भन्दै एउटा स्थानीय तहबाट ४०/५० हजार अनिवार्य दिनुपर्छ भनेर विल मात्र होइन नेतालाई समेत फोन गराउँछन्’, एक लेखा अधिकृत भन्छन्, ‘बुझ्दा जाँदा त्यो मिडिया सरकारका कुनै निकायमा दर्ता नै छैन, के गर्नु ?’
कतिय पत्रकारले सूचना प्रकाशन तथा प्रशारण गरेको भन्दै भुक्तानीका लागि बिल पेश गर्ने गरेको स्थानीय तहको गुनासो छ । भुक्तानी गर्न नसकिने भनेपछि स्थानीय जनप्रतिनिधि देखि नेताको फोन लागाउने र धम्की दिने सम्मको हर्कतका कारण हैरान परेको जिल्लाबाट सरुवा भएका एक स्थानीय तहका लेखा शाखाका कर्मचारीले बताए ।
स्थानीय तहले प्रकाशन गर्नैपर्ने सूचना अधिकांस पत्रकारलाई पालैपालो दिएपनि कतिपयले चर्को विल पेश गर्ने गरेको पनि कर्मचारीहरुको गुनासो छ ।
‘ठेक्कापट्टाका सूचना पत्रिकामा छाप्न दियो, विज्ञापन एजेन्सीबाट तीन गुणाभन्दा धेरै रकमको विल पेश हुन्छ’, पूर्वी गुल्मीकाे एक गाउँपालिकाका अधिकृत भन्छनले भने ‘हामीसंग सूचनाका लागि यति धेरै रकम छैन भनेपछि चिनीएका पत्रकारले समेत हाम्रा पनि बालबच्चा छन हजुर भन्ने सम्मका कुरा गरे ।’
पेश गरेको भ्याट बिल ५० प्रतिशत घटाउने, स्विकृत नभएको बिल फिर्ता लिन नजाने लगायका कारणले गर्दा उनीहरुले नक्कली बिल प्रयोग गरेर भ्याट छलि गरिरहेको हुन सक्ने समेत कर्मचारीहरु बताउँछन् ।
पत्रकार, सञ्चारकर्मी तथा विभिन्न संघसंस्थाले सूचना प्रकाशित गरेका विल पेश गरेपछि हैरान भएर सूचना नै प्रकाशित गर्नुपरेको मदाने गाउँपालिकाले जनाएकाे छ ।
प्रतिक्रिया