योजनावद्ध विकास नगरे गन्तव्यमा पुग्न नसकिने:प्रम ओली

७ बर्ष अगाडि

काठमाडौं १० भदौ,प्रधानमन्त्री केपीशर्मा ओलीले योजनावद्ध विकास नगरे गन्तव्यमा पुग्न नसकिने बताउनुभएको छ ।
मध्यपश्चिमाञ्चलविश्वविद्यालय सुर्खेतको आठौं साधारणसभालाई आज बालुवाटारमा सम्बोधनगर्दै प्रधानमन्त्रीओलीले सो कुरा बताउनुभएको हो । 
प्रधानमन्त्रीओलीले सरकारले तिव्र विकासलाई तिव्र गतिमा बढाउनु पर्ने भएकोले योजनावद्ध रुपमा अघि बढ्नु आवश्यक रहेको बताउनुभएको छ । “विशवविद्यालयहरुलाई प्राज्ञिक थलोको रुपमाविकास गर्नु पर्दछ” प्रधानमन्त्तीओलीले भन्नुभयो “त्यहाँ पठनपाठनलाई भन्दा बढी देशलाई आवश्यक पर्ने अध्ययन अनुसन्धानहुनु जरुरी छ ।  ”
 सरकारले देशलाई आवश्यक पर्ने जनशिक्तिको पहिचान गरी त्यसै अनुसारको विद्यालय र कलेजहरु खोल्ने तयारी गरेको प्रधानमन्त्रीओलीको भनाइ छ ।विशवविद्यालयहरुले संख्यामाभन्दापनि गुणस्तरमाध्यानदिनु पर्ने प्रधानमन्त्रीओलीले बताउनुभयो ।

७ बर्ष अगाडि

प्रतिक्रिया