आज साताको अन्तिम कारोबारका दिन नेप्से परिसूचक ८..६७ अंकले ओरालो लागेको छ ।
कारोबारको अन्तिम समय सम्म नेप्से ८ अंकले घटेर १३४१.२३ को बिन्दुबाट शुरु भएर १३३३.०४ को बिन्दुमा पुगे पश्चात कारोबार बन्द भएको हो ।
आज कारोबारको अन्तिम समय सम्म आउदाँ परिसूचक ०.६५ प्रतिशतले घटेको छ । त्यस्तै आज कारोबार भएको सेन्सेटिभ इन्डेक्स पनि १.८७अंकले ओरालो लागेको छ ।
आज कारोबारमा आएका १२ उप समूह मध्य १० उपसमूह बढे्का छन् भने २ उप समूह बढेका छन् ।
त्यस्तै, आज कारोबार भएका १७५ कम्पनीको २८ लाख १ हजार ८ सय ३ कित्ता सेयर किनबेच हुदाँ १ अर्ब ४ करोड ९३ लाखरुपैयाँ बराबरको कारोबार भएको छ ।
प्रतिक्रिया