आइसिसी विश्वकप लिग दुई : अमेरिकाद्वारा ओमानलाई २१४ रनको लक्ष्य

६ बर्ष अगाडि

आइसिसी विश्वकप क्रिकेट लिग दुईअन्तर्गत आजको खेलमा अमेरिकाले ओमानलाई २१४ रनको लक्ष्य दिएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा ओमानले टस जितेर अमेरिकालाई ब्याटिङ गर्ने निम्तो दिएको थियो । 

अमेरिका ब्याटिङ गर्ने क्रममा निर्धारित ५० ओभरको खेलमा सबै विकेट गुमाउँदै २१३ रनमा समेटियो । अमेरिकाका लागि इयान हल्यान्डले ६५ रन बनाए। यसमा सात चौका सामेल थियो । अक्षय होमराजले ३३ रन बनाए। उनले दुई छक्का र तीन चौका प्रहार गर्नुभयो । यस्तै मोनाङ्क पटेलले १९, तिमिल पटेलले १६, कप्तान सौरभ नेत्रवाल्करले अविजित १४, जेभियर मार्सलले १३, आरोन जोन्सले १२ तथा रुस्टी थेरनले १० रनको योगदान दिए।

बलिङतर्फ ओमानका लागि मोहमद नदिमले तीन, विलाल खान, जेसन मक्सुद र अकिव लियासले दुई÷दुई तथा कलिमउल्लाहले एक विकेट लिए। अहिले अमोन अमेरिकाविरुद्ध ब्याटिङ गरिरहेको छ । त्रिकोणात्मक सिरिजको पहिलो खेलमा बुधबार ओमानले नेपाललाई १८ रनले पराजित गरेको थियो । 
 

६ बर्ष अगाडि

प्रतिक्रिया