ग्रामीण विकास लघुवित्तले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको वित्तीय विवरण सार्वजनीक गरेको छ ।
यस अवधीमा कम्पनीको खुद नाफा घट्न पुगेको छ ।
संस्थाले गत आवको यसै अवधीको तुलानामा आफ्ना खुद नाफा १६ लाख रुपैयाँले घटएको छ । गत आवको यसै अवधीमा कम्पनीले ११ करोड ३४ लाख खुद नाफा आर्जन गरेकोमा समीक्षा अवधीमा कम्पनीले ११ करोड १८ लाख रुपैयाँ मुनाफा कमाएको छ ।
खुद नाफा घटे पनि बैंकको खुद ब्याज आम्दानीमा भने सुधार आएको छ ।गत आवको यसै अवधीमा कम्पनीले ४४ करोड ५४ लाख ब्याज आम्दानी गरेको मा हाल उक्त आम्दानी ९ करोडले बढाएर ५३ करोड ८१ लाख रुपैयाँँ आर्जन गरेको छ ।
त्यस्तै, यस अवधीमा कम्पनीले ३ अर्ब ४९ करोड रुपैयाँ बराबरको निक्षेप संकलन गरेको छ भने १० अर्ब ३३ करोड रुपैयाँ बराबरको कर्जा प्रवाह गरेको छ ।
उता कम्पनीको प्रतिशेयर आम्दानीमा भने अत्याधीक गिरावट देखीन्छ । गत आर्थिक वर्षको यसै अवधिमा ३४ रुपैयाँ ६३ पैसा रहेको लघुवित्तको प्रतिशेयर आम्दानी ११ रुपैयाँ ८५ पैसाले घटेर हाल २२ रुपैयाँ ७८ पैसा कायम भएको छ ।
प्रतिक्रिया