आज नेपाल स्टक एक्सचेन्ज नेप्से परिसूचक कारोबारको तेस्रो घण्टामा ८.५५ अंकले ओरालो लागेको छ ।
कारोबार सुरु भएसगैँ उकालो यात्रा तय गरेको नेप्से परीसूचक तेस्रोे घण्टाको अन्तिमसमय सम्म आउदाँ ८ अंकले ओरालो लागेको हो ।
आज १३४१.२३ को बिन्दुबाट सुरु भएको कारोबार ३ घण्टाको अवधीमा १३३३.८२ को बिन्दुमा झरेको छ ।
आज ११ बजे १३४१.२३ को विन्दुबाट शेयर कारोबार सुरु भएको थियो भने २ बजेसम्म आउँदा त्यो परिसुचक ०।६४ प्रतिशतले घटेको छ ।
त्यस्तै, आज अहिलो सम्म कारोबारमा आएका १२ उपसमूह मध्य ३ उपसमुह बढेका छन् ।
अहिले कारोबार भईरहेका १६८ कम्पनीको १ लाख ७३ हजार कित्ता शेयर खरिद विक्री हुदाँ ६५ करोड ३३ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।
प्रतिक्रिया