न्यायिक समितिमा नै कर्मचारी विहिन

६ बर्ष अगाडि


पश्चिम दाङको बबई गाउँपालिकाको न्यायिक समितिमा यस आर्थिक वर्ष २३ वटा उजुरी दर्ता भएका छन् । 

न्यायिक  समितिका उपाध्यक्ष सावित्रा विकले गत असारदेखि जिम्मेवारी सरेका १४ र साउन महिनादेखि माघ २१ गतेसम्ममा २३ वटा उजुरी गरी जम्मा ३७ उजुरी रहेकामा १६ वटा फछ्र्यौट गरिएको जानकारी दिएकी छिन । अन्य उजुरी प्रक्रियागतरुपमा रहेका छन् ।

सो गाउँपालिकाका न्यायिक समितिमा आउने धेरै मुद्दामा जग्गा विवाद, बाटोघाटो, घरायसी झै–झगडा, कुलोपानी, खेतीपाती नोक्सानीलगायतका रहेको न्यायिक समितिले जनाएको छ । 

“सामान्य विवाद भए पनि नागरिक न्यायिक समितिमा उजुरी लिएर गाउँपालिका आउँछन्, हामीलाई मुद्दा मिलाउन भ्याइनभ्याइ हुने गरेको छ, मुद्दा मिलाउनमै व्यस्त रहनपर्छ”, उपाध्यक्ष विकले भनिन । उनले न्यायिक समितिमा विज्ञ कर्मचारी नहुँदा पनि काम गर्न असजिलो हुने गरेकाले विज्ञ कर्मचारीको व्यवस्थापनका लागि सहयोग गरिदिनहुन सरकारसँग माग गरीन ।

“अहिले गाउँपालिकाको भवन भाडाको कोठामा रहेको हुँदा साँघुरो कोठामा बसेर न्याय सम्पादन गरिरहेका छौँ, अब गाउँपालिकाको आफ्नै भवन निर्माण भइरहेको छ केही महिनापछि  नयाँ भवनमा छुटै इजलास गराउनेछौँ”, उपाध्यक्ष विकले भनिन । आफ्नै भवन भए सेवा प्रवाहमा सहज हुनेछ ।

उनले आफूहरुलाई दिएको भूमिका चुनौतीपूर्ण रहे तापनि अवसरका रुपमा लिएर काम गरिरहेको बताइन । शुरुशुरुमा कानूनका बारेमा बुझ्न कठिनाइ नभएको होइन तर कानूनका बारेमा तालीम, प्रशिक्षण लिने अवसर पाएकोले न्यायिक समितिमा बसेर काम गर्न सजिलो भएको बताइन । –––
 

६ बर्ष अगाडि

प्रतिक्रिया