काठमाडौँ । नेपाल बङ्गलादेश (एनबी) बैङ्कले ६ महिनामा करिब ८१ करोड रुपैयाँ नाफा कमाएको छ ।
बैङ्कले चालू आर्थिक वर्षको पुस मसान्तसम्म बैङ्कले ८० करोड ७७ लाख रुपैयाँ नाफा कमाएको हो । सो बैङ्कको यो नाफा अघिल्लो वर्षको सोही समयमा कमाएको भन्दा सामान्य बढी हो । अघिल्लो वर्ष सो बैङ्कको नाफा ७९ करोड ३३ लाख थियो ।
बैङ्कले पुस मसान्तसम्ममा ६३ अर्ब १२ करोड निक्षेप सङ्कलन गरी ५७ अर्ब ९३ रुपैयाँ कर्जा प्रवाह गरेको छ । निक्षेप र कर्जाको यो आकार अघिल्लो वर्षको तुलनामा क्रमशः ४ अर्ब र ५ अर्बले बढी हो ।
पुस मसान्तसम्म बैङ्कको जगेडा कोष ३ अर्ब ६८ करोड रुपैयाँ छ । यो कोष अघिल्लो वर्षको तुलनामा करिब ३८ करोड रुपैयाँले बढी हो ।
बैङ्कले आफ्नो पुँजी ८ अर्ब ८ करोड रुपैयाँ रहेको देखाएको छ । यो पुँजी घोषित ५ प्रतिशत बोनस जारी हुनुभन्दा अघिको हो । बैङ्कसँग अघिल्लो वर्षको नबाँडिएको नाफा ८८ करोड रुपैयाँ रहेको देखिएको छ ।
एनबी बैङ्कले अघिल्लो वर्षको तुलनामा ब्याज आम्दानी र ब्याज खर्च दुवैमा वृद्धि गरेको छ । ब्याज आम्दानी ३ अर्ब २४ करोडबाट बढेर ३ अर्ब ६५ करोड पुग्दा ब्याज खर्च १ अर्ब ८४ करोडबाट २ अर्ब ३० करोड रुपैयाँ पुगेको बैङ्कले जनाएको छ । ६ महिनामा बैङ्कको कर्मचारी खर्च अघिल्लो वर्ष ४५ करोड ६३ लाख रहेकोमा यो वर्ष ५३ करोड २२ लाख पुगेको छ । अन्य सञ्चालन खर्च भने करिब १ करोड बढेर २० करोड पुगेको छ ।
पुस मसान्तसम्म सो बैङ्कको पुँजीकोष अनुपात १२.९५ प्रतिशत छ । निष्क्रिय कर्जा अनुपातलाई १.७८ प्रतिशतबाट १.९२ प्रतिशतमा पुगेको छ । बैङ्कको यो वर्ष कस्ट अफ फन्ड केही घट्दा बेसरेट एकल विन्दुमा झरेको छ ।
पुस मसान्तसम्म सो बैङ्कको कस्ट अफ फन्ड ७.३६ प्रतिशत र बेसरेट ९.९२ प्रतिशत छ । अघिल्लो वर्ष कस्ट अफ फन्ड ७.५८ प्रतिशत बेसरेट १०.८२ प्रतिशत थियो । बैङ्कहरुले बेसरेटमा कस्ट अफ फन्डका अतिरिक्त सीआरआरको लागत, एसएलआरको लागत र सञ्चालन खर्च जोड्न पाउने राष्ट्र बैङ्कको प्रावधान छ । बैङ्कको निक्षेपमा दिने औसत ब्याज र कर्जामा लिने औसत ब्याजदरको अन्तर भने ४.८० प्रतिशत छ ।
यो अनुपातलाई ६ महिनाभित्र ४.४० प्रतिशतमा ल्याउनुपर्छ ।
बैङ्कले बचत खातामा ६.५ प्रतिशत र मुद्दती खातामा ८.५ देखि ९.२५ प्रतिशतसम्म ब्याज दिँदै आएको छ । कर्जाको ब्याजदर भने बेसरेटमा ४ प्रतिशतसम्म थप गरेर लिनेगरी पछिल्लो ब्याजदर निर्धारण गरेको छ
प्रतिक्रिया