अध्यक्ष दाहाल र बेलायती राजदूत पोलिटबीच भेटवार्ता

६ बर्ष अगाडि

नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग नेपालका लागि संयुक्त अधिराज्य (बेलायत) का नवनियुक्त राजदूत निकोला पोलिटले शिष्टाचार भेटवार्ता गरे। 

खुमलटारमा आज बिहान भएको भेटवार्तामा दुई देशबीचको आपसी हितका विषयमा कुराकानी भएको बताइएको छ । 

सो अवसरमा पूर्वप्रधानमन्त्री दाहालले नेपालको विकासमा  बेलायतले गर्दै आएको सहयोगप्रति धन्यवाद दिनुभएको उहाँको निजी सचिवालयले जनाएको छ ।  

पूर्वप्रधानमन्त्री दाहालले भने, “तपाईँको कार्यकालमा नेपाल र बेलायतको सम्बन्ध अझै प्रगाढ रहने मैले विश्वास लिएको छु, नेपाल आर्थिक समृद्धिको अभियानमा रहेको छ, देशको आर्थिक समृद्धिमा बेलायतको सहयोग अपरिहार्य रहेको छ ।”  भेटमा बेलायती राजदूत पोलिटले आगामी दिनमा नेपालको विकासमा बेलायत सरकारको सहयोग जारी रहने बताए। 
 

६ बर्ष अगाडि

प्रतिक्रिया