घातक रोग लागेका बीमितलाइ ज्योति लाईफले दियो  २० लाख उपचार खर्च

६ बर्ष अगाडि

घातक रोग उपचारका लागी ज्योति लाईफ इन्स्योरेन्सले एक बीमितलाई २० लाख रकम हस्तान्तरण गरेको छ । 

कम्पनीले घातक रोग सुविधा सहितको “ज्योति सुरक्षित भविष्य योजना” बीमालेख खरिद गरेका काभ्रेका सलिम श्रेष्ठलाई बीमा सम्झौता अनुसार उक्त रकम प्रदान गरेको हो ।

यस अघि ज्योति लाईफले नेपालमै पहिलो पटक ३५ वटा घातक रोगहरुको लागि रु.५० लाख सम्मको घातक रोग उपचार सुविधा सहित जीवन बीमा योजना जारी गरेको थियो ।

उक्त रकम हस्तान्तरण गर्दै कम्पनीका कार्यकारी उपप्रमुख प्रकाश विक्रम खत्रीले बिमितलाई उपचार खर्च दिन पाउँदा कम्पनीको सधैँ तपाईँको साथ भन्ने नारा सार्थक भएको र आगामी दिनहरुमा बीमितहरुलाइ अझ स्तरिय सेवा दिने प्रतिबद्धता व्यक्त गरेका छन् ।

त्यस्तै, खत्रीले साथै कम्पनीले जनचाहना बमोजिम बीमितहरुको आर्थिक जोखिम न्यूनिकरण गर्दै भविष्य सुनिष्चितताको लागि आकर्षक बीमा योजनाहरु बजारमा ल्याउने बताएका छन् ।

२०७६ साल आषाढमा बीस लाख रुपैंया बिमाङ्कको घातक रोग सुविधा सहितको “ज्योति सुरक्षित भविष्य योजना” बीमालेख खरिद गरेका  श्रेष्ठले बीमा सुविधा वापत उपचारको लागि उक्त रकम प्राप्त गरेका हुन् ।
 

६ बर्ष अगाडि

प्रतिक्रिया