ह्वात्तै बढ्यो एशियन लाइफको नाफाः बीमाशुल्कमा पनि उलेख्य सुधार

६ बर्ष अगाडि

काठमाडौं – एसियन लाइफ इन्स्योरेन्स कम्पनीले चालु आवको दोस्रो त्रैमासमा रु. २ अर्ब २८ करोड ९८ लाख करोड कुल बीमाशुल्क संकलन गरेको छ । गत आवको सो अवधीमा कम्पनीले रु. १ अर्ब ७३ करोड ६१ लाख यस्तो बीमाशुल्क संकलन गरेको थियो । 
कम्पनीले हालै सार्वजनिक गरेको दोस्रो त्रैमासको वित्तिय विवरणले यस्तो देखाएको हो । कम्पनीले हालसम्म रू. २२ अर्ब ५० करोड ८१ लाख कुल बीमाशुल्क संकलन गरेको छ । हाल कम्पनीमा २ लाख ८३ हजार ३९५ जना बीमित कायम रहेका छन् । 
कम्पनीले  समिक्षा अवधीमा १२ करोड १३ लाख ३७ हजार खुद नाफा कमाएको छ । गत आव कम्पनीले रू. २ करोड ८९ लाख २७ हजार मात्रा नाफा कमाएको थियो । जसअनुसार कम्पनीको नाफा करिब रू. १० करोडले बढेको देखिन्छ ।
यस्तै, कम्पनीले समिक्षा अवधीसम्म रु. १७ अर्ब ९१ करोड ५१ लाख दिर्घकालिन लगानी गरेको छ । अल्पकालीन रुपमा भने रू. ४१ करो ७३ लाख ७२ हजार कर्जा प्रवाह गरेको देखिन्छ । कम्पनीले बीमालेख धितोमा बिमितहरुलाई रु. १ अर्ब ९२ करोड ३४ लाख ९६ हजार कर्जा दिएको छ । 
हाल कम्पनीको चुक्तापुँजी रू. १ अर्ब १८ करोड भन्दा बढी पुगेको छ । यस्तै, जगेडा कोषमा रू. ४७ करोड ४४ लाख, जीवन बीमा कोषमा रू. १९ अर्ब ३१ करोड ७२ लाख र महाविपत्ती जगेडा कोषमा रु. ५ करोड ५२ लाख रकम जम्मा गरेको कम्पनीले बताएको छ । 
हाल कम्पनीको प्रति शेयर आम्दानी १२.६ रुपैयाँ रहेको छ । यस्तै, प्रति शेयर नेटवर्थ १२६.३४, पिई अनुपात ३५.११ र प्रतिशेयर कुल सम्पत्तिको मुल्य ११०७.१५ रहेको छ । 
 

६ बर्ष अगाडि

प्रतिक्रिया