महालक्ष्मी विकास बैंकको नाफा ३० करोड, अन्य परिसुचक कस्तो ?

६ बर्ष अगाडि

काठमाडौं – महालक्ष्मी विकास बैंकले चालु आवको दोस्रो त्रैमासमा रू. ३० करोड ५० लाख ७९ हजार खुद नाफा कमाएको छ । बैंकले हालै सार्वजनिक गरेको दोस्रो त्रैमासको वित्तिय विवरणले यस्तो देखाएको हो । 
वित्तिय विवरणअनुसार बैंकले गत आवको सो अवधीमा रू. १९ करोड ७६ लाख ४६ हजार खुद नाफा कमाएको थियो । बैंकको बितरण योग्य नाफा रू. २१ करोड १३ लाख १५ हजार रहेको छ ।  
यस्तै, बैंकले हालसम्म रू. ३५ अर्ब ०७ करोड २६ लाख निक्षेप संकलन गरेको छ । गत आवको सो अवधीमा बैंकले रू. ३० अर्ब ५९ करोड ११  लाख निक्षेप संकलन गरेको थियो । 
यस्तै, बैंकले हालसम्म ग्राहकहरुलाई रू. २९ अर्ब १८ करोड ६६ लाख कर्जा दिएको छ । गत आवको सो अवधीमा बैंकले रू. २६ अर्ब १५ करोड ७१ लाख कर्जा प्रवाह गरेको थियो । हालसम्म बैंकले बैंक तथा वित्तिय संस्थालाई रू. १ अर्ब ९ करोड ३६ लाख कर्जा प्रवाह गरेको छ ।
बैंकले कुल प्रवाहित कर्जाबाट रू. १ अर्ब ११ करोड ८७ लाख कुल व्याज आम्दानी गरेको छ । हाल बैंकको चुक्तापुँजी रू. ३ अर्ब ७ करोड २० रहेको छ । 
बैंकको प्रति शेयर आम्दानी १९.८६ रहेको छ । मुल्य आम्दानी अनुपातः ९.७७, तरलता अनुपात ३०.१६ प्रतिशत, प्रतिशेयर नेटवर्थः रु. १५२.७७ रहेको बैंकको भनाइ छ । 

६ बर्ष अगाडि

प्रतिक्रिया