भीमदत्तनगरदेखि हरिद्वारसम्म बससेवा

६ बर्ष अगाडि

कञ्चनपुरको भीमदत्तनगरदेखि भारतको हरिद्वार र  देहरादुनसम्म बससेवा सञ्चालनमा ल्याइएको छ । 

पवनदूत बस व्यवसायी कम्पनी प्रालिले सीधा स्थानमा नेपाल भारतमैत्री बससेवा सञ्चालन ल्याएको जनाएको छ । 

प्रतिनिधिसभाका सांसद नरबहादुर धामीले बुधबार बससेवाको शुभारम्भ गरेका थिए ।

भीमदत्तनगरदेखि हरिद्वार र  देहरादुनसम्म करिब ३५० किलोमिटर दूरी रहेको छ । प्रत्येक दिन साँझ ६ बजे वातानुकूलित बस छुट्ने छ । 

कम्पनीका अध्यक्ष धर्मबहादुर महराले बससेवा सञ्चालन भएपछि यात्रुलाई सहज हुने जानकारी दिए । 

बससेवाले पर्यटन भ्रमण वर्षलाई समेत सहयोग पुग्ने विश्वास कम्पनीले लिएको छ । 

६ बर्ष अगाडि

प्रतिक्रिया