काठमाडौं – मुत्तिनाथ विकास बैकले चालु आवको दोस्रो त्रैमासमा रू. ४७ करोड २५ लाख १२ हजार खुद नाफा कमाएको छ । बैंकले हालै सार्वजनिक गरेको दोस्रो त्रैमासको वित्तिय विवरणले यस्तो देखाएको हो ।
वित्तिय विवरणअनुसार बैंकले गत आवको सो अवधीमा रू. ४२ करोड ९८ लाख ९ हजार खुद नाफा कमाएको थियो । बैंकको बितरण योग्य नाफा रू. ३४ करोड ३० लाख २३ हजार रहेको छ ।
यस्तै, बैंकले हालसम्म रू. ४८ अर्ब २३ करोड ८७ लाख निक्षेप संकलन गरेको छ । गत आवको सो अवधीमा बैंकले रू. ४१ अर्ब ४७ करोड ०७ लाख निक्षेप संकलन गरेको थियो ।
यस्तै, बैंकले हालसम्म ग्राहकहरुलाई रू. ४५ अर्ब २० करोड ३२ लाख कर्जा दिएको छ । गत आवको सो अवधीमा बैंकले रू. ३८ अर्ब १४ करोड ४३ लाख कर्जा प्रवाह गरेको थियो । हालसम्म बैंकले बैंक तथा वित्तिय संस्थालाई रू. ७ करोड ९२ लाख कर्जा प्रवाह गरेको छ ।
बैंकले कुल प्रवाहित कर्जाबाट रू. ३ अर्ब १७ करोड ७४ लाख कुल व्याज आम्दानी गरेको छ । हाल बैंकको चुक्तापुँजी रू. ४ अर्ब ३२ करोड रहेको छ ।
बैंकको प्रति शेयर आम्दानी २२.१३ रहेको छ । यस्तै, प्रति शेयर कुल सम्पत्तिको मुल्यः १३९४.०३, मुल्य आम्दानी अनुपातः १३.९२, तरलता अनुपात २५.१५ प्रतिशत, प्रतिशेयर नेटवर्थः रु. १२८.४७ र पुँजीको अनुपात १४.१५ प्रतिशत रहेको बैंकको भनाइ छ ।
प्रतिक्रिया